fbpx

बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ



नेपालबहस संवाददाता
 




बुटवल । बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् । ती वृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो । जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि हामीले भारतको आशाम पुगेर पक्राउ गरेर ल्याएका छौं’ एसपी बस्नेतले भने, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ’ बस्नेतले बताए ।


सम्बन्धित समाचार