fbpx

नेविसंघका अध्यक्ष महर राजीनामा दिने तयारीमा



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।
पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएको छ। काँग्रेस केन्द्रीय समिति बैठक अाज  पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ ।

तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन । नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् । नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ ।

माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए । नेविसंघको वर्तमान कार्यसमितिले दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि माउ पार्टी भङ्ग निर्णयमा पुगेको बुझिएको छ ।


सम्बन्धित समाचार