fbpx

तस्करी नियन्त्रण गर्ने मेशिन जडानमा कर्मचारीकै असहयोग



नेपालबहस संवाददाता
 




काठमाडौं । संगठित तथा आर्थिक अपराध नियन्त्रण गर्ने उद्धेश्यसहित राजधानीको प्रमुख नाका थानकोटमा भेईकल एक्सरे मेशिन जडान गर्ने सरकारको घोषणा भ्रष्ट कर्मचारीको असहयोगका कारण असफल बनेको छ ।

२०७० सालमै गृह मन्त्रालयले भन्सार छली, राजस्व चुहावट, डलर तथा लागूऔषध तस्करी, हतियारको अबैध ओसारपसार लगायतका अपराध रोकथाम तथा नियन्त्रण गर्न थानकोटमा भेईकल एक्सरे मेशिन जडान गर्ने घोषणा गरेको थियो । तर गृहको प्रस्ताव ५ वर्ष वित्न लाग्दा पनि अर्थले बजेट नदिएपछि कार्यान्वयनमा आउँन नसकेको हो । उक्त योजना अनुसार नै २०७२ मा पनि सरकारले थानकोटमा एक्सरे मेशिन स्थापना गर्ने उल्लेख गरेको थियो । तर एक्सरे मेशिन स्थापनासँगै तस्करी र अबैध ओसारपसारवापत आउने कमिशन गुम्ने डरले त्यो योजना अर्थ मन्त्रालयका कर्मचारीले लागु गर्नै दिएनन् । एउटा एक्सरे भेईकल मेशिनको मूल्य जम्मा ३० देखि ४० लाख रुपैयाँ मात्र पर्छ ।

“थानकोटमा भेईकल  एक्सरे मेशिन स्थापना हुने हो भने आर्थिक र संगठित अपराधका आधा घटनामा कमी आउनसक्छ,” प्रहरी उच्च स्रोत भन्छ, “तर यो योजना लागू गर्न अर्थमन्त्रालयका कर्मचारी नै तयार देखिएनन् ।” यदि भेईकल एक्सरे मेशिन जडान हुने हो भने लागुऔषध, अबैध डलर, सुन/चाँदी, हातहतियार लगायत गैरकानुनी गतिविधि सहजै पहिचान गर्न सकिन्छ ।

अपराधिक व्यक्ति तथा समूहबाट हुँदै आएका हातहतियार ओसारपसार, लागूऔषध कारोबार, सुन तथा रक्तचन्दन तस्करी लगायतका कानुनले निषेध गरेका गतिविधि रोक्न यस्तो प्रस्ताव गरिएपनि अर्थ मन्त्रालयका कर्मचारी तयार नदेखिएका हुन् । जसका कारण दैनिकजसो थानकोट हुदै ओहोरदोहोर गर्ने सवारीबाट हुने अबैध गतिविधि नियन्त्रणमा चुनौती थपिएको हो । “थानकोटमा भेईकल  एक्सरे मेशिन स्थापना हुने हो भने आर्थिक र संगठित अपराधका आधा घटनामा कमी आउनसक्छ,” प्रहरी उच्च स्रोत भन्छ, “तर यो योजना लागू गर्न अर्थमन्त्रालयका कर्मचारी नै तयार देखिएनन् ।” यदि भेईकल एक्सरे मेशिन जडान हुने हो भने लागुऔषध, अबैध डलर, सुन/चाँदी, हातहतियार लगायत गैरकानुनी गतिविधि सहजै पहिचान गर्न सकिन्छ ।

महानगरीय प्रहरी कार्यालयले समेत अपराध विरुद्धको अभियान अन्तर्गत नै उपत्यका जोड्ने सबै नाकामा ‘भेईकल एक्सरे मेशिन’ राख्न प्रस्ताव गरेको थियो । त्यही प्रस्ताव अनुसार पहिलो फेज अन्तर्गत थानकोटमा मेशिन जडानका लागि बजेट उपलव्ध गराउने सरकारको प्रतिवद्धता थियो ।  “अपराधको प्रभावकारी अनुसन्धान/नियन्त्रण तथा नियमित शान्ति सुरक्षामा प्रविधिको प्रयोगलाई बढाउदै लैजानुपर्छ,” प्रहरीका एक अधिकारीले भने, “राजधानी भित्रिने र बाहिरिने सबै नाकामा एक्सरे मेशिन जडान गरिए लागूऔषध कारोबार, हातहतियार ओसारपसार, सुन तस्करीलगायत संगठित तथा आर्थिक अपराध नियन्त्रण गर्न कठिन हुँदैन तर अर्थ मनत्रलयका कर्मचारीले पनि यसबारे सोचिदिनु पर्छ ।” नाकामा भेईकल एक्सरे मेशिन जडान गरिए सवारीभित्र भएका बस्तुको कम्प्युटर प्रणालीबाटै जानकारी पाउन सकिन्छ ।


सामान लोड गरिएका सवारीमा लागूऔषध, अबैध सुन, हातहतियार/गोलीगठ्ठा लगायत प्रतिवन्धित बस्तु भए एक्सरे मेशिनले कम्प्युटर प्रणालीबाटै जानकारी दिन्छ । त्यस्तो संकेत पाउनासाथ सम्वन्धित स्थानमा तैनाथ प्रहरीले एक्सरे मेशिनमा जडित डिभाईसको सुचना अनुसार सवारी खानतलासी गर्नेछन् । लोड गरिएका सामानभित्र अबैध बस्तु भए–नभएकोबारे खानतलासी गर्न हाल थुप्रै प्राविधिक कठिनाई रहेकोले उच्चप्रविधिको सहयोग प्रस्ताव गरिएको प्रहरी अधिकारी बताउँछन् ।

खाद्यान्न, बालुवा, काठलगायतमा लोड गरिएका सवारीभित्र लागूऔषध, रक्तचन्दन वा कुनै बर्जित सामान लुकाईएको भएपनि एक्सरे मेशिनले पत्ता लगाउन सक्छ । तर, अहिले कसैले बालुवा भरिएको ट्रकभित्र बर्जित सामान ल्याएको छ भने त्यसभित्र हुनसक्ने बर्जित सामान पत्ता लगाउने संयन्त्र प्रहरीसँग छैन । यसको फाइदा उठाएर अपराधिक व्यक्ति तथा गिरोहले आफ्ना गतिविधि बढाउदै आएका छन् । प्रविधिको अभावमा उपत्यका जोड्ने नाकाबाटै वार्षिक अर्बौं रुपैयाँ बराबरका सुन, रक्तचन्दन, लागूऔषध, हातहतियार लगायत अबैध बस्तु ओसारपसार हुने गरेको प्रहरीकै अनुसन्धान अधिकारीको दावी छ । सामान लोड गरिएका सवारीमा लागूऔषध, अबैध सुन, हातहतियार/गोलीगठ्ठा लगायत प्रतिवन्धित बस्तु भए एक्सरे मेशिनले कम्प्युटर प्रणालीबाटै जानकारी दिन्छ । त्यस्तो संकेत पाउनासाथ सम्वन्धित स्थानमा तैनाथ प्रहरीले एक्सरे मेशिनमा जडित डिभाईसको सुचना अनुसार सवारी खानतलासी गर्नेछन् । लोड गरिएका सामानभित्र अबैध बस्तु भए–नभएकोबारे खानतलासी गर्न हाल थुप्रै प्राविधिक कठिनाई रहेकोले उच्चप्रविधिको सहयोग प्रस्ताव गरिएको प्रहरी अधिकारी बताउँछन् ।

२०७० मा तत्कालिन गृहमन्त्री माधव घिमिरेले मेशिन खरिद प्रक्रिया थालिने बताएपनि अर्थमन्त्रालयले बजेट नदिएपछि त्यत्तिकै रोकिएको थियो । प्रहरीले प्रस्ताव गरेका एक्सरे भेईकल मेशिन अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै प्रयोग हुँदै आएको छ । विमानस्थलमा प्रयोग हुँदै आएका एक्सरे मेशिनबाट यात्रु तथा उनीहरुका सामानको खानतलासी हुन्छ । झोलामा शंकास्पद बस्तु भेटिए तत्काल मेशिनले ‘सुरक्षा सतर्कता’को संकेत दिन्छ । त्यसपछि सुरक्षाकर्मीले थप खानतलासी गरेपछिमात्रै अघि बढ्न आदेश दिन्छन् ।


सम्बन्धित समाचार