fbpx

दूध बोक्ने टयाङकरले ठक्कर दिँदा दुई जनाको मृत्यु



नेपालबहस संवाददाता
 



accident

नवलपरासी । नवलपरासीको कावासोतीमा दूध बोक्ने टयाङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोति नगरपालिका १६ डन्डामा भएको दुर्घटनामा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका २ का ४० वर्षिय युवराज घिमिरे र ३५ वर्षिय पिताम्बर पाठकको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको वा ३ ख ९१५८ नम्बर को दूध वोक्ने ट्याङरले पुर्ववाट पश्चिमतर्फ जाँदै गरेको लु २८ प २०३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

ट्याकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ ।


सम्बन्धित समाचार