fbpx

पुर्वाधार बैंकले पायो राष्ट्र बैंकबाट सञ्चालन अनुमति



नेपालबहस संवाददाता
 




काठमाडौं । १२ अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना भएको नेपालको एकमात्र पूर्वाधार विकास बैंकले सञ्चालन स्वीकृतिसँगै राष्ट्र बैंकबाट प्रमाणपत्र समेत पाएको छ।

लामो समयका लािग ठुलो निक्षेप लिएर ठुला पूर्वाधारमा लगानी गर्ने उद्येश्य अनुरुप पूवाधार बैंक सञ्चालनमा आएको हो ।

नेपाल सरकारको १० प्रतिशत शेयर र निजी क्षेत्रको ९० प्रतिशत लगानीमा स्थापित पूवाधार विकास बैंकले गत बिहीबार अन्तिम स्वीकृति पाएको थियो । तर राष्ट्र बैंकले सोमबार बैंक सञ्चालनका लागि प्रमाणपत्र दिएको छ ।

बैंकले ४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब चुक्ता पूँजी सहित सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्येस्य लिएको छ । बैंकले विभिन्न योजना सहित अर्को महिना सम्ममा सञ्चालनमा आउने तयारी गरेको छ ।

पूर्वाधार बैंकको २० अर्ब मध्ये ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ सर्वसाधारणले खरिद गर्न पाउने छन् । तीन वर्षको गृहकार्यपछि पूवाधार क्षेत्रमा लगानी गर्नेगरी यो बैंकको स्थापना सम्भव भएको हो ।

यो बैंकले लामो समयका लागि निक्षेप संकलन गर्ने छ र ठुला ठुला पूर्वाधारमा लगानी गर्ने छ । बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरणहरु जारी गरी पूँजी निर्माण गर्ने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार