fbpx

ट्राफिक अपडेट : पूर्वमा ट्राफिक कारवाही बढ्यो



नेपालबहस संवाददाता
 




इटहरी । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ८ सय ४४ वटा सवारी साधन कारवाहीमा परेका छन ।

हिजो बिहाना ६ बजेदेखि आज बिहाना ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ८४४ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २८ जना,
मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १६ जना,
विना हेल्मेट मोटरसाईकल चलाउने १२ जना,
क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ११० जना,
सवारी चालक अनुमति पत्र नभएका ३५ जना,
सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३० जना,
जथाभावी पार्किङ्ग गर्ने ३७ जना,
रोक्न निषेधमा सवारी साधन रोकेको ६५ जना,
पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १६ जना,
सुरक्षा पेटी नबाधेको २२ जना,
कागज पत्र साथमा नराखेको १८० जना,
ट्राफिक ईशारा उल्लघंन गरेको ६ जना,
सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३० जना,
तिब्रगतिमा सवारी चलाएको २८ जना,
हर्न निषेधमा हर्न बजाएको ३ जना,
ढोका खुल्ला गरी सवारी साधन चलाएको ३२ जना,
हद भन्दा बढी मालसामान ढुवानी गरेको ४९ जना,
लापरवाही साथ सवारी साधन चलाएको १४३ जना र विना रुट परमिट सवारी चलाएको २ जना गरी जम्मा ८ सय ४४ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन् ।

यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।

मिति २०७५।१०।२८ गते यस कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ५७ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी २०५९ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै २३० प्रति सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

सवारी दुर्घटनालाई बिश्लेशण गर्दा ओभरटेक गर्दा प्रयोग गर्ने लाईटबाट समेत हुने गरेको पाईएकोले ईलाम जिल्लामा रहेका सरकारी कार्यालयका चालक हरुलाई सवारी साधन गुडीरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरुमा साईट दिने तर्फको सवारी साधनले बाया तर्फको साईटलाईट बाली उचित स्थानमा मात्र साईड दिने र दाया तर्फको सवारीले दाहिने साईड लाईट बालेर मात्र ओभर टेक गर्ने र ओभर टेक गरी सके पछी बाया साईड लाईट बाली आफ्नो लेनमा जानुपर्ने अन्त राष्ट्रीय प्रचलन अनुसार नमुना देखाई प्रशिक्षण गरिएको थियो ।

मिति २०७५।१०।२८ गते धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा दुई पाङ्ग्रे सवारी साधन र अन्य सवारी साधनहरु लाई तत्काल जनचेतना जगाउने उद्देश्यले सवारी चालकहरु लाई शुरक्षित सडक प्रयोग तथा मोटरसाईकल,स्कुटर चलाउदा सदैव गति सिमित गरी चलाउन, मोटरसाइकल, स्कुटर चलाउदा बढी जोखिम हुने भएको हुँदा दुर्घटना भएको अवस्थामा ज्यानै समेत जान सक्ने भएकोले आफ्नो सवारीलाई सदैव सजग भई सुरक्षित तरिकाले चलाउन, दुर्घटना बाट बच्ने र बचाउने उपाय लगायत विविध ट्राफिक नियम सम्बन्धी सडकमानै प्रशिक्षण कार्यक्रम गरिएको थियो।

दुर्घटना घटाऔ मान्छे बचाऔं अभियान अन्तर्गत मिति २०७५।१०।२८ गते जिल्ला मोरङ वेलवारि न.पा.३ भगवती स्कुल अगाडि पुर्ब पश्चिम् लोकमार्गमा चल्ने म्याजिक भेन चालकहरू लाई संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ओभर टेक गर्ने तरिका, साईड लाइटको प्रयोग, आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग, सवारि चलाउदा अनिवार्य जुत्ताको प्रयोग गर्ने, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स लेन अनुशासन कायम गर्ने सम्बन्धी प्रशिक्षण गरेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना घटाऔं मान्छे बचाऔ अभियान अन्तर्गत मिति २०७५।१०।२८ गते जि मोरङ उर्लाबारी न पा–६ पुर्व स्टेनमा पुर्व पश्चिम् लोक मार्ग भै चल्ने टिफर चालक र परिचालनहरुलाई सडकमा अनुशासित भै सवारी चलाउन हुन, सवारीको गति कम गरेर सवारी चलाउन हुन, ओभर टेक गर्दा होसियारी साथ गर्न हुन, त्रिपालले छोपेर मात्र ढुवानी गर्न हुन आदि बारेमा खुल्ला प्रशिक्षण गरेको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।


सम्बन्धित समाचार