fbpx

लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै हत्या



नेपालबहस संवाददाता
 




काठमाडौं । खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको छन् ।  इटहरी उपमहानगरपालिका ४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग लिभिङ टुगेदरमा बस्दै आएकी ३५ वर्षीय सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो । प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ ।

लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए ।

सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् । लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ । सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए ।


सम्बन्धित समाचार