fbpx

सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सम्झौता



नेपालबहस संवाददाता
 




काठमाडौं । सानिमा बैंक र दक्षिण कोरियाको भि.पि. आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भि.पि. आईएनसिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुनकिमले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १०हजार भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरि बाट रेमिटयान्स सेवाका साथै आन्तरिक रेमिटयान्स सेवा प्रदान गर्दै आएको छ । सानिमा बैंकको हाल ७६शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटिएम रहेको छ ।


सम्बन्धित समाचार