fbpx

आज फागुन एक गते: नेकपाले २४ औँ ‘जनयुद्ध दिवस’ मनाउँदै



नेपालबहस संवाददाता
 




काठमाडौं । आज फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाउँदै छन्।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले आज २४ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

तत्कालीन नेकपा ‘माओवादी’ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ ।

तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनकै पहलमा नेकपाले जनयुद्ध दिवसलाई पार्टीभित्र मनाउने तयारी गरेको हो ।

‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

आज धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा पार्टीका दुवै अध्यक्षहरू प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो ।


सम्बन्धित समाचार