fbpx

जीवन शर्मा प्रकरणले रक्तिम सांस्कृतिक अभियानमामा हलचल



नेपालबहस संवाददाता
 




काठमाडौं । नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक अभियानमा हलचल आएको छ । मसालले रक्तिमका अध्यक्षसमेत रहेका जीवन शर्मालाई कारबाही गरेसँगै यसमा हलचल आएको हो । मसालले पार्टी हितविपरीत स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गीत गाएको आरोप लगाउँदै शर्मालाई केही दिनअघि निलम्बन गरेको थियो ।

यसले रक्तिममा विवाद ल्याएको छ । विवाद चर्किएपछि रक्तिमको आइतबारका लागि तय सम्मेलनलाई शर्मा पक्षले निरन्तरता दिएको छ भने अर्को पक्ष सहभागी भएको छैन । रक्तिम अभियानका महासचिव नारायण योगीले व्यावहारिक तथा परिस्थितिजन्य बाध्यताले सम्मेलन स्थगन गरिएको बताए । तर, उनले रक्तिममा त्यस्तो परिस्थितिजन्य बाध्यता के आइलाग्यो भन्नेबारेमा भने केही पनि खुलाएनन् ।


सम्बन्धित समाचार