fbpx

हतकडीसहित भागेका दमाईलाई गोली हानेर पक्राउ



नेपालबहस संवाददाता
 




कैलाली । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए । दमाईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।


सम्बन्धित समाचार