fbpx

नेपालका कम्युनिस्टहरुलाई देखेर संसार नै आश्चर्यमा : अध्यक्ष दाहाल



नेपालबहस संवाददाता
 




काठमाडौं ।  संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने  नेपाल कम्युनिस्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहालले  बताएका छन् । जनयुद्ध दिवसको अवसरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यसले ने क पाको एकतालाई अझ सुदृढ बनाउने बताए ।

उनले कम्युनिस्ट आन्दोलनको दुई धार संसदीय बाटो र सशस्त्र विद्रोहले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए । उनले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताए ।


सम्बन्धित समाचार