fbpx

१२ प्रहरी एसपीको काज सरुवा (नामावलीसहित)



नेपालबहस संवाददाता
 



nepal_police_

काठमाडौं । नेपाल प्रहरीका १२ एसपी प्रहरी उपरीक्षकको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ । यस्तै मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् ।

कडायत यसअघि कञ्चनपुर प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । यस्तै बागलुङ प्रहरी प्रमुखमा कृष्णहरी शर्मा काज सरुवा हुँदा योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् । खरेल यसअघि विशेष ब्यूरोमा कार्यरत थिए । यसैगरी एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् ।

उनी यसअघि रौतहट प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्य, रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार