fbpx

डिपिएलमा काठमाडौं महेन्द्रनगर सात रनले पराजित



नेपालबहस संवाददाता
 




काठमाडौं । धनगढीमा चलिरहेको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको छ। पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । उसका लागि अंकित दबासले ६५ रनको योगदान गरे ।
यस्तै १३५ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रिएको महेन्द्र नगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सकेको हो। उसका लागि अमरसिंह रौटेलाले २८ र शरद भेषवाकरले २३ रन जोडे पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।


सम्बन्धित समाचार