fbpx

शेयर बजार घट्यो



नेपालबहस संवाददाता
 




काठमाडौं । केही समययता शेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक आज पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो । बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् ।

सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । सो दिन उत्पादनमूलक समूह मात्रै ४७.३ अंकले उकालो लागेको छ । कुल १७४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । कोषको आज एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जसको शेयर मूल्य प्रतिकित्ता २ हजार ६१० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको शेयरमूल्य प्रतिकित्ता २८५ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ५.९९ प्रतिशत कमाएका छन् ।आज नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेबिल्स फाइनान्सको शेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५.६७ प्रतिशतले घटेको छ ।


सम्बन्धित समाचार