fbpx

एनएमबी बैंकमा विदेशी ऋणदाताको आकर्षण बढ्यो, १ करोड ५० लाख डलरको अर्को सम्झौता



नेपालबहस संवाददाता
 




काठमाडौ । विदेशी लगानी भित्र्याउने काममा एनएमबी बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । नेपाली लगानीकर्ता र डिपोजिटरको मन जितेको बैंकले क्रमश विदेशी लगानीकर्ता एवं ऋणदातालाई आफुतिर आकर्षित गर्न सफल भएको छ । अहिलेसम्म २ वटा ठूला विदेशी ऋण लिसकेको बैंकले आज अर्को ठूलो ऋण सम्झौता गरेको छ ।

एनएमबी बैंक बेलायतको सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तिय संस्था हो । यो संस्थाले सव–साहारा अफ्रिका तथा दक्षिण एशियाका देशहरुमा रोजगार श्रृजना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।

सीडीसीले एनएमबी बैंकको स्थलगत भ्रमण गरेपछि बैंकको योजना, क्षमताको समिक्षा लगायतका विषयमा विस्तृत अध्ययन गरी लगानीको लागि प्रतिबद्धता जनाएको बैंकका सिइओ सुनिल केसीले बताए । नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी विदेशी लगानी भित्र्याउन सफल भएको उनले जानकारी दिए ।

यस लगानीले नेपाली बजारमा लामो समयदेखि देखिँदै आएको तरलता अभावलाई केही हदसम्म समाधानको लागि सहयोग पुग्ने अपेक्षा बैंकको छ । विगतका दिनहरुमा तरलता अभाव खेपीरहेको नेपाली बजारमा अझै ४–५ खर्व रकम आवश्यक रहेको र नेपाल राष्ट्र बैंकले दिएको अधिकारलाई प्रायोग गरी हरेक वाणिज्य बैंकले २ सय अर्ब रुपैयाँसम्म बिदेशी ऋण ल्याउन पाउने व्यवस्थाको पूर्ण उपयोग गर्न सकिएमा तरलता अभाव टार्न सकिने सिईओ केसीले बताए । बजारमा रहेको तरलता अभाव टार्न आन्तरिक स्रोतबाट जुटाउन सम्भव नभएकोले विदेशबाट ल्याउनुपर्ने अवस्था आएको छ। विदेशबाट सजिलै ऋण भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले हेजिङको व्यवस्था गरेको र सहजीकरणको खाँचो रहेको केसीले बताए।

पूर्वाधार विकास, कृषि, साना तथा मझौला लघु कर्जा, पर्यटन, हाइड्रोपावर तथा म्यानिफ्याक्चर क्षेत्रमा यो ऋण लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

बैंकिङ क्षेत्र सबैभन्दा धरै पारदर्शी क्षेत्र भएको हुँदा बैंकहरुले नाफा मात्रै कमाउन नखोजेको सिइओ केसीले बताए। उनले भने:- बजारमा कर्जाको अधिक माग छ। जसले गर्दा बैकहरुलाई निक्षेपको आवश्यकता धेरै छ। माग धेरै भएपछि बैंकहरुले स्वभाविक रुपमा व्याज बढाएर निक्षेप उठाउछन् । निक्षेपको व्याज नबढाउने बैंकहरुको सहमतिले कर्जाको व्याजदर बढ्न रोकेको उनले दाबी गरे।

बैंक अध्यक्षसमेत रहेका व्यवसायी पवन गोल्यानले नेपालमा ठूला आयोजना आएको बताउँदै त्यसका लागि आवश्यक स्रोत नपुगेकोले समस्या आएको बताए । उनले अझै एक–दुई वटा अरु विदेशी संस्थाहरुबाट नेपालमा ऋण ल्याउने काम एनएमबी बैंकको पाइपलाइनमा नै रहेको बताए । बैंकहरुले निक्षेपको व्याजदरमा नियन्त्रण गरेर कर्जाको व्याजदर १५/१६ प्रतिशत नघाउनबाट रोकेको उनले दाबी गरे। उनले भने -“बैंकिङ क्षेत्र पनि नाफा गर्नकै लागि आएको हो तर नियम भन्दा बाहिर गएर कर्जा प्रवाह गरेको छैन”

एनएमबी बैंक बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार दुईपटक “बैंक अफ दि इयर” (२०१७ र १८) प्राप्त गर्न सफल बैंक हो


सम्बन्धित समाचार