fbpx

इरानको दक्षिण पूर्वी क्षेत्रमा आक्रमण: २७ जनाको मृत्यु



नेपालबहस संवाददाता
 




काठमाडौं । इरानको दक्षिण पूर्वी क्षेत्रमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २७ जनाको ज्यान गएको छ । आत्मघाती बम आक्रमणमा मृत्यु हुनेहरु रिभोलुसनरी गार्डका सदस्य रहेको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

रिभोलुसनरी गार्डका सदस्यलाई लिएर सिस्तान–बलुचिस्तान प्रान्त जाँदै गएको बसमा आक्रमण भएको हो । घटनामा अरु २० जना घाइते भएको जनाइएको छ ।

सुन्नी मुस्लिम चरमपन्थी समूह जेश अल–अद्लले आक्रमणको जिम्मेवारी लिएको छ ।सन् १९७९ को इस्लामिक रिभोलुसनपछि द रिभोलुसन गार्डको गठन गरिएको हो । यो इरानको शक्तिशाली सैन्य, राजनीतिक तथा आर्थिक शक्ति हो ।


सम्बन्धित समाचार