fbpx

पूर्वबाहेक अन्य भूभागको मौसम बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान !



नेपालबहस संवाददाता
 




काठमाडौं । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ ।

बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उनले बताए ।

अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिए ।


सम्बन्धित समाचार