fbpx

गायक सोनु निगम अस्पताल भर्ना



नेपालबहस संवाददाता
 




भारत । बलिउडका चर्चित गायक सोनु निगमको आँखामा भएको एलर्जी बढेको छ । जसका कारण सोनु निगम फेरि अस्पताल भर्ना भएका छन् । साथै सोनु निगमका भारतको मुम्बईमा हुने भनिएका सबै इभेन्टहरु रद्द गरिएका छन् । एक हप्ता अघि गायक सोनु निगमले उनको सामाजिक सञ्जालमार्फत सी फूडका कारण उनको स्वास्थ्य बिग्रिएको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।

फेब्रुअरी ६ मा निगमले उनको इन्स्टाग्राम अकाउन्टमार्फत २ वटा फोटो शेयर गरेका थिए । तस्बिरमा उनको एउटा आँखा सुन्निएको थियो भने अर्को तस्बिरमा उनी अक्सिजन माक्स लगाएका थिए । त्यही दिन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका सोनुको फेरि स्वास्थ्य बिग्रिएको हो । उनी फेरि अस्पताल भर्ना भएका छन् ।


सम्बन्धित समाचार