fbpx

ट्राफिक अपडेट : ७ सय ३२ सवारी साधन कारवाहीमा



नेपालबहस संवाददाता
 




इटहरी । प्रदेश  नम्बर एकमा ७ सय ३२ वटा सवारी साधन कारवाहीमा परेका छन । ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट समेतगरि १४ जिल्लामा २४ घण्टाभित्र सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २३ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ७ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८३ जना, सवारी चालक अनुमति पत्र नभएका ४० जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३६ जना,

जथाभावी पार्किङ्ग गर्ने २६ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६६ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १० जना, सुरक्षा पेटी नबाधेको १७ जना, कागज पत्र साथमा नराखेको १७६ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २७ जना, तिब्रगतिमा सवारी चलाएको २४ जना, हर्न निषेधमा हर्न बजाएको ५ जना,

ढोका खुल्ला गरी सवारी साधन चलाएको १३ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको २० जना, लापरवाही साथ सवारी साधन चलाएको १४१ जना गरी जम्मा सात सय बत्तिस जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको उनले बताए ।


सम्बन्धित समाचार