fbpx

पत्रकारदेखि कलाकारसम्मले के भने “भ्यालेन्टाईन डे” मा



नेपालबहस संवाददाता
 




 

कुसुम विश्वकर्मा

काठमाडौं । नेपालसहित विश्वभर  १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे अर्थात प्रेमदिवस मनाइँदैछ । विशेष गरी युवायुवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।

प्रेम दिवसलाई अहिले राष्ट्रिय चाड नै मान्नेहरूको पनि कमी छैन । यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि भ्यालेन्टाइन डे को अवसरमा युवायुवतीहरु प्रेमको रङ्गमा रंगिने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेमदिवस विशेष रुपले मनाउने गरिएको छ ।

पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मुल्य मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी पनि बढ्दै गैरहेको छ ।

सामाजिक सञ्जालमा कलाकारदेखि पत्रकारसम्मले आज भ्यालेन्टाइन डे मनाइरहेका छन् । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले आफ्नो जीवनसाथीलाई प्रिय मुटुको टुक्रा उपनाम दिदै प्रेमदिवसको अवसरमा शुभकामना दिएका छन् ।

यस्तै अन्य कलाकारले पनि सामाजिक सञ्जालमार्फत प्रेमदिवसको शुभकामना दिएका छन् । हाँस्य कलाकार दीपकराज गिरीले फेसबुकमार्फत राधे कृष्ण राधे राधे,कृष्णले जस्तै सधै माया दे सहारा दे,,,किन चाहियो बेकारकाे याे भेलेन्टाइन डे लेखेका छन् ।

यस्तै अर्की कलाकार दिपाश्री निरौलाले आजै बिवाहबन्धनमा बाधिन लागेका जोडी नायिका बर्षा रावत र संजोक कोइरालाको फोटो पोष्ट गर्दै आफुले माया गरेको मान्छेसंग जीवन बिताउन पाउनु नै प्रेम दिवस हो भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

यस्तै हास्य कलाकारमै पर्ने केदार घिमिरे उर्फ माग्नेबुढाले पनि हिजो युध्ददिवस आज प्रेमदिवस भनेर प्रेमदिवसको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै फेसबुकमै जितु नेपाल मुन्द्रेले आफ्नी जीवन संगिनीसंगको तस्विर पोष्ट गर्दै सच्चा प्रेम गर्नेहरुलाई साँचो प्रेम गर्ने परिवारहरुको तर्फबाट शुभकामना भन्दै प्रेम दिवसको शुभकामना दिएका छन् ।

‘नेपालबहस डटकम’का प्रधान सम्पादक तथा संचालक रहेका इन्द्र रिजालले पनि फेसबुक सञ्जालमार्फत आफ्नो जीवन संगिनीसंगको तस्विर पोष्ट गर्दै प्रेमदिवसको अवसरमा मेरो मुटुलाई धेरै धेरै माया ल भनेर लेखेका छन् ।

यस्तै नाइस टेलिभिजनमा आवद्ध केदार चापागाईले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सबै परिवारको तस्विरहरु पोष्ट गर्दै मेरा मायाका पवित्र मुटुहरु उपनाम दिएर प्रेम दिवसको शुभकामना लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पत्रकार कमला हमालले प्रेमदिवसको अवसरमा सरकार प्रेमदिवसलाई अब श्रीमान श्रीमति डे घोषणा गर भन्दै लेखिकी छिन् ।

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्न सक्दैनौ तर यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

प्रेमलाई केवल प्रेमीप्रेमिकासंग मात्र के जोड्नु, संसार नै मायामै अडेकाे छ । यहाँका सबै प्राणीहरु बीचमा मायाको शितल आँचल लहराई रहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्ना मायालुप्रति सधै बफादार बनिरहाैं । प्रेम दिवसको सबैलाई शुभकामना  ।


सम्बन्धित समाचार