fbpx

‘आइस ड्रग’ कारोबारी प्रहरी फन्दामा



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले आइस ड्रग्स भनिने एम्फेटाइमिन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको मर्स्याङ्दी ४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन् । महाशाखाका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उलनाई काठमाडौं २६, खुशीबु क्षेत्रमा फेला पारेको थियो । त्यसक्रममा उनको शरीर खनतलासी गर्दा ५१ ग्राम लागूऔषध भेटिएको राठौरको भनाइ छ । उनीलाई पक्राउ गरेर थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु बुझाइएको छ ।


सम्बन्धित समाचार