fbpx

कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद



नेपालबहस संवाददाता
 




कञ्चनपुर ।  कञ्चनपुर प्रहरीले ठूलो मात्रमा अवैध सुन बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको पुर्नवासबास नगरपालिका २ दशरथ बस्तीबाट आज  बिहान १८ किलो बरामद गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले उक्त परिमाणको सुन बरामतद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।

उनका अनुसार अाज बिहान करिब ११ बजे सुन बरामद भएको हो। प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन।


सम्बन्धित समाचार