fbpx

भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता  सह सचिव  रामेश्वर दंगालले जानकारी दिए ।

भक्तपुरस्थित एक रेष्टुरेण्टले तिर्नुपर्ने बक्यौता ढिलो बुझाउने ब्यवस्था मिलाईदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता दंगालले बताए ।


सम्बन्धित समाचार