fbpx

संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाएका छन् । राष्ट्रियसभाको वि।सं २०७५ पुस १३ गते बसेको बैठकले सो मस्यौदा समिति गठन गरेको थियो । समितिको पहिलो बैठक पुस २९ गते बसेको थियो । समितिको समयावधि हालै समाप्त भएको थियो ।


सम्बन्धित समाचार