fbpx

 जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता



नेपालबहस संवाददाता
 




काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्वन्धी सम्झौता भएको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।


सम्बन्धित समाचार