fbpx

एक वर्षे कार्यकालमा समृद्धिको आधार तयार भयो : प्रधानमन्त्री ओली



नेपालबहस संवाददाता
 




काठमाडौं । आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको प्रधानमन्त्री केपी ओलीले  बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए ।

प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको बताएका छन् । औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताएका छन् ।

त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् । त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ ।


सम्बन्धित समाचार