fbpx

यसरी बाधिए बिवाह बन्धनमा अभिनेत्री वर्षा र अभिनेता संजोग (फोटो सहित)



नेपालबहस संवाददाता
 




काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज बिवाह भएको छ । करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र सन्जोगले आज काठमाडौंको एक होटेलमा बिवाह गरेका हुन् । आज   हिन्दु परम्परा अनुसार दुवैले बिवाह गरेका हुन् ।

प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहँदा दुवै निकै उत्साहित रहेका छन्। दुवैले विवाहको मिति सार्वजनिक गरे सँगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिँदै आएका छन्। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले करिब ७ वर्ष प्रेमसम्बन्धलाई सोमबार काठमाडौँको एक होटेलमा टिका टालो गरेका थिए ।

दुई परिवारबिच यी दुईले औँठी साटासाट गरेका थिए । त्यसै संगै आज बिवाह भएको छ । निकै रुचाइएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘बिवाह गरेका हुन्। वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग लचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन्।


सम्बन्धित समाचार