fbpx

नेपालगञ्जबाट रुकुम आउदै गरेको बस भेरीमा खस्दा चार जनाको मृत्यु !



नेपालबहस संवाददाता
 



accident

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार नौ जना यात्रु रहेको देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उद्धारका लागि घटनास्थलमा दुर्घटना भए लगतै प्रहरी निरीक्षक केशरबहादुर कार्कीको नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको थियो ।

दुर्घटनामा घाइते नौ जना मध्ये चार जनाको मृत्यु भएको र एक जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकका अनुसार अन्य चार जना घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार भैइरहेको छ ।


सम्बन्धित समाचार