fbpx

९ लाख रकमसहित चितवनबाट २३ जुवाडे पक्राउ



नेपालबहस संवाददाता
 




चितवन । प्रहरीले चितवनबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । ९ लाख ३३ हजार नगदसहित भरतपुर महानगरपालिका ११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो ।

नियन्त्रणमा लिइएकाहरु गोरखा, चितवन र तनहुँका भएको बताइएको छ । पक्राउ परेका जुवाडेहरुले भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको जनाएका छन् । नियन्त्रणमा लिइएकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने चितवनका प्रहरी प्रमुख एसपी राठौरले जानकारी दिए । गएको तिहारमा पनि जुवा खेल्नेविरुद्ध चितवन प्रहरीले अप्रेशन चलाएको थियो । त्यसक्रममा १ सय २० पक्राउ परेका थिए ।


सम्बन्धित समाचार