fbpx

मकवानपुर जिल्लामा दुई अर्ब बढी राजश्व संकलन



नेपालबहस संवाददाता
 




हेटौँडा । प्रदेश, ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न स्रोतको राजश्वतर्फ करिब दुई अर्ब २७ करोड राजश्व संकलन गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी करिब एक अर्ब ३८ करोड राजश्व संकलन गरेको छ । यसैगरी आयकरतर्फ ४२ करोड चार लाख, मूल्य अभिवृद्धि करतर्फ करिब ३३ करोड, ब्याज करतर्फ २५ लाख ५२ हजार, घर बहालतर्फ १६ लाख संकलन भएको छ ।

स्वास्थ्य करतर्फ १० लाख र शिक्षा करतर्फ १९ लाख राजश्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी  चुरोट  उद्योग प्रालिले सबैभन्दा बढी राजश्व ६२ करोड र एशियन पेन्ट्स प्रालिले २७ करोड राजश्व बुझाएको छ । यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट २३ करोड, युनिलिभर प्रालिबाट ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड राजश्व संकलन भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले जानकारी दिए ।


सम्बन्धित समाचार