fbpx

राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील : अध्यक्ष दाहाल



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा ऐन अहिलेसम्मकै प्रगतिशील भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय चिकित्सा शिक्षाबारे सरकारले बनाएको ऐन अहिलेसम्मकै प्रगतिशील रहेको बताएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माघ ११ गते प्रतिनिधिसभा र त्यसपछि राष्ट्रियसभाबाट पारित भएको छ। उक्त विधेयकको विरोधमा कांग्रेसले संसद अवरोध गरेको थियो। यता, सोही विषयलाई लिएर डा. गोविन्द केसी लामो समय अनशनमा बसेका थिए। यसबारे दाहालले यसअघि सार्वजनिक अभिव्यक्ति नदिए पनि आज भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अहिलेसम्मकै प्रगतिशील भएको बताएका हुन्।

दाहालले अहिले संघीय शिक्षा ऐन बहसमा रहेको र त्यसले पनि नेपाली शिक्षाको मोडल कस्तो हुने र यससँग सम्बन्धित व्यक्तिका मागलाई कसरी समाधान गर्ने भन्नेबारेका माग सम्बोधन हुनेगरी व्यवस्था हुने बताए।


सम्बन्धित समाचार