fbpx

समायोजनमा गएका कर्मचारीको केन्द्रमा सरुवा हुने बाटो बन्द



नेपालबहस संवाददाता
 




काठमाडौं । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा सरुवा हुने बाटो बन्द भएको छ । संसदको राज्य व्यवस्था समितिले संघीय निजामती विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको संघमा सरुवा हुने व्यवस्था नराखी प्रतिवेदन तयार पारेको हो ।

समायोजनमा गएका कर्मचारीको संघमा सरुवा हुने प्रावधान विधेयकमा राख्नुपर्ने भनी संशोधन दर्ता गएका कांग्रेस सांसदहरुले आजको छलफलमा यो विषय नउठाएपछि समितिले उक्त प्रावधान नराखी प्रतिवेदन तयार पारेको छ । अब संघीय निजामती सेवा ऐन राज्य व्यवस्था समितिको प्रतिवेदनसहित प्रतिनिधिसभमा पेश हुनेछ ।

त्यस्तै सघीय संसद सेवामा कार्यरत कर्मचारीको प्रदेशसभा बाहेक अन्यत्र पनि सरुवा खुला भएको छ । यसअघि सरुवा भई प्रदेशसभामा मात्र जान पाउने व्यवस्था भए पनि संघीय निजामती ऐनको विधेयकमा अन्य ठाउँमा पनि सरुवा हुने बाटो खुला गरिएको हो ।


सम्बन्धित समाचार