fbpx

कम्युनिस्ट सरकार कुरामा मात्रै नम्बर वान : सहमहामन्त्री महत



नेपालबहस संवाददाता
 




काठमाडौं । सरकार पूर्ण रुपमा असफल भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आरोप लगाएका छन्। कांग्रेस सहमहामन्त्री महतले सरकारको एक वर्ष पूरै असफल भएको दाबी गरे। उनले केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा पनि दिए।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सरकारले गलत आर्थिक नीति लिएकाले मुलुकको आर्थिक क्षेत्र संकटमा फसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तराष्ट्रिय सम्बन्ध बिग्रेको दाबी पनि गरे।

पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका महतले सरकारकै कारण मुलुकमा स्वदेशी पूँजी समेत पलायन हुने अवस्थामा पुगेको पनि बताए। सरकारले उल्टो बाटो लिएकाले मुलुकमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उनले दाबी गरे।


सम्बन्धित समाचार