fbpx

ईटालियन सिरि ए फुटलब: रोनाल्डोको गोलमा युभेन्ट्सलाई १४ अंकको अग्रता



नेपालबहस संवाददाता
 




काठमाडौं । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ ।  शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो ।

क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।  १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रोनाल्डोले ६३ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

रोनाल्डोले सबै प्रतियोगितामा सिजनको २१ औ गोल गर्न सफल भएका छन् । युभेन्ट्सले २४ खेलबाट ६६ अंक जोेडेको छ । नापोलीको ५२ अंक छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा पुछारदेखि दोस्रोमा छ ।


सम्बन्धित समाचार