fbpx

दीपकराज पाठकले निर्देशनमा ‘मैले भन्दा धेरै माया’



नेपालबहस संवाददाता
 




काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा गीतकारको परिचय बनाएका दीपकराज पाठकले निर्देशनमा ‘मैले भन्दा धेरै माया’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकारका रुपमा चिनिएका पाठक आगामी दिनमा निर्देशनलाई निरन्तरता दिने योजनामा रहेको जानकारी दिए । पाठकको आफ्नै शब्द रहेको ‘मैले भन्दा धेरै माया’ बोलको गीतको भिडियोको निर्देशन आफैंले गरेका छन् ।

यस गीतमा विपिन आचार्यले संगीत दिएका छन् भने माण्डवी त्रिपाठीको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा गजित विष्ट र कसिस दाहाललाई फिचरिङ गरिएको छ ।

रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको समेत अभिनय रहेको छ ।शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।


सम्बन्धित समाचार