fbpx

दोस्रो ‘साना किसान सम्मेलन २०७५ हुने



नेपालबहस संवाददाता
 




काठमाडौं । साना किसानलाई आधुनिक कृषि प्राणालीमा आकर्षित गरी कृषि उद्यमशीलताको विकासमा टेवा पु¥याउनका लागि काठमाडौँमा दोस्रो ‘साना किसान सम्मेलन–२०७५’ आयोजना गरिने भएको छ ।

‘साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा यही फागुन १६ र १७ गते सो सम्मेलन आयोजना गर्न लागिएको नायब प्रमुखकार्यकारी अधिकृत निर्देशक झलेन्द्र भट्टराईले बताए ।

सम्मेलनमा संस्थामा आबद्ध देशभरका ९०० साना किसान प्रतिनिधि र नीति निर्माण अध्येता, योजनाविद्लगायत करीब एक हजार २०० जनाको सहभागिता रहनेछ ।

हरेक चार वर्षमा हुने सम्मेलनले कृषिको आधुनिकीकरण, उद्यमशीलता अभिवृद्धि र युवा पुस्ताको आकर्षणबारे आगामी रणनीति तय गर्नेछ ।

पहिलो साना किसान सम्मेलन २०७१ कात्तिकमा १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । यो दोस्रो सम्मेलन हो ।संस्थाका अनुसार साना किसान विकास कार्यक्रम विसं २०३२ देखि सञ्चालनमा आएको राष्ट्रिय कार्यक्रम हो ।

दुईदिने सम्मेलनमा किसानले आफ्नो क्षेत्रमा उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनी र बिक्री कक्षसमेत राखिने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार