fbpx

विकास र समृद्धिको अभियानमा एकजुट हुन आवश्यक : नेकपाका अध्यक्ष दाहाल



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभै एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाई अभियानको ५१औं हप्ता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाई अभियानले नयाँ सभ्यताको आधुनिक विकास गरेको उल्लेख गर्दै विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, सबै वर्ग, धर्म, लिंङ्ग र समूदाय एकजुट भएको सन्देश हनुमन्ते सफाई अभियानले दिएको बताए ।

उन्ले  नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान मार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर नेपाली जनतालाई प्राप्त भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नदिहरुको सफाई अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवन यापन गर्न सहयोग पुगेको बताए ।

सफाई अभियान ५१ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा मध्यपुर थिमि राधेराधेदेखी सल्लाघारीसम्म वाकाथुन गरिएको थियो भने सल्लाघारी चोकमा नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । कार्यक्रममा धावक बैकुष्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार