fbpx

सिरहाको सुखीपुर नगरपालिकामा गोली चल्यो, ११ जना घाइते



नेपालबहस संवाददाता
 




लहान । सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरमा रहेको सिकिया पोखरीको स्वामित्वको विषयमा विवाद हुँदा द्विपक्षीय झडपले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ।

शनिबार आज अपरान्ह भएको द्विपक्षीय झडपको क्रममा करिब दर्जन जना घाइते भएपछि स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायरसहित लाठी चार्ज गरिएको इलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ।

प्रहरीको लाठीचार्जमा मण्डल पक्षका नौ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनालाई थप उपचारका लागी लहान रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको सुखीपुर पोलिक्लिनिकमा उपचार पछि घर फर्केका छन् ।

नगरपालिकाले ठेक्का लगाएको पोखरीमा स्वामित्व दावी गरिरहेका सिकिया मण्डलका आफन्त सुशील मण्डल आज माछा मार्न गएपछि शुरु भएको विवादले उग्ररूप लिएको हो।

मण्डलले पोखरी आफ्नो रहेको दावीसहित नगर कार्यपलिकामा उजुरी र अदालतमा समेत मुद्दा दिएको जनाइएको छ। झडप स्थल सुखीपुर नगरपालिका २ विद्यानगरमा अहिले सुरक्षा दिन करिव ४५ जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ ।


सम्बन्धित समाचार