fbpx

नागढुङ्गाबाट लागुऔषधसहित तीन पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले नागढुङ्गामा शनिबार गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौँका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २९७ नंको यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ७४३५ नंको बसबाट खड्कालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।


सम्बन्धित समाचार