fbpx

बीस सिट क्षमताको बागलुङ–काठमाडौं बस सेवा शुरु



नेपालबहस संवाददाता
 




बागलुङ । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट ‘भिआइपी’ बस सेवा शुरु गरेको छ ।वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।

बीस सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ साढे ६ बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ ।

यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

“बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उनले भने, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।

बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।


सम्बन्धित समाचार