fbpx

सुन सफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ



नेपालबहस संवाददाता
 



pakrau

काठमाडौं । पर्वतको फलेवास नगरपालिका ९ भङ्गरामा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई शनिबार प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा भारत घर बताउने शिवारी साह र उनका साथी असर्फी शाह रहेका छन् ।

उनीहरुले सुन सफा गरिदिने भन्दै स्थानीय तेजप्रसाद पौडेल क्षेत्रीको श्रीमतीको कानको रिङबाट केही सुन लुकाएको पौडेलले जानकारी दिए । उनीहरुलाई स्थानीय शिक्षक शिवप्रसाद पौडेलको सक्रियतामा खोजी गर्दै जाँदा फलेवास नगरपालिका ८ लिमीठानाको नेपाने भन्ने स्थानमा फेला पारिएको र प्रहरी बोलाएर जिम्मा लगाइएको हो ।


सम्बन्धित समाचार