fbpx

जुवाखालबाट ९ जना जुवाडे पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगन्जको प्रहरीले जुवा खालबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका बडा नम्बार ९ स्थित रमेश तामाङ्गको घरमा जुवा तास खेली खेलाईरहेको गोप्य सुचनाको आधारमा तामाङको घरमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो । प्रहरीले जुवा खेलीरहेका ९ जना सहित नगद रु २ लाख १८ हजार ३९० र ४ वुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राज कुमार कक्षपति, राजु लामा, राजु विष्ट, राजेन्द्र कुँवर, चिन कुमार गोले, अर्जुन भण्डारी, कृष्ण तामाङ्ग, मान बहादुर तामाङ्ग, रमेश लामा रहेको महानगरीय प्रहरी वृतm महाराजगंजका प्रमुख डिएसपी फडिन्द्र प्रसाईले बताए ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा राखि जुवा ऐन कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार