fbpx

सामसुङको एम् सिरिज नेपालमा लन्च



नेपालबहस संवाददाता
 




काठमाडौं । निकै प्रतिक्षारत सामसुङको एम् सिरिज नेपालमा लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङले आफ्नो नयाँ मोडल सामसुङ ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको हो ।

सामसुङले ग्यालेक्सी एम् टेन मोडेलको फोन स्मार्ट डोकोबाट १३ हजार ७ सय ९० रुपैयाँमा ग्राहकले किन्न सक्ने जनाएको छ ।

स्मार्ट डोकोले रिङरोडभित्र फ्रि डेलिभरीको व्यवस्था गरेको छ भने दिउँसो १ बजे अगाडि अर्डर गरेको सामान त्यही दिनमा ग्राहकसामु उपल्बध गराउने जनाएको छ ।

नयाँ मोडलको सामसुङ ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचर रहेका छन् भने यसमा भी डिस्प्ले, ७२० ह १५२० पिक्सेलको रेजुलेसन्ससहित वेटिङ १६३ ग्राम रहेको छ । यसमा ३४०० एभएएच क्षमताको ब्याट्रीको रहेको छ भने १६ जीवी आरओएम, २ जीबी आरएएमको सुविधा रहेको छ ।

अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रावाइड डीयूल क्यामेरा उपलब्ध छ भने साथमा एक्स्ट्रा आकर्षणको रुपमा यो सेटमा ५ एमपी रिएर क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।

ग्राहकले आफूलाई मनपर्ने मोबाइल फोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेय पदार्थ लगायत १८ क्याटेगोरिका वस्तु स्मार्ट डोकोबाट सजिलै खरिद गर्न सक्नेछन् ।

स्मार्ट डोकोमा अनलाइन प्ल्याट फर्म देशभरका विभिन्न प्रमुख शहर काठमाडौं, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपलब्ध हुनेछ ।


सम्बन्धित समाचार