८ कार्तिक २०७८, सोमबार
बाग्मती प्रदेश

सम्भावित जोखिमको क्षेत्र पहिचान गर्दै कामपा

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार ११:४७


कामपा

काठमाडौं । काठमाडौँ महानगरपालीकाले विपत्को सामना गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो क्षेत्रभित्र सम्भावित जोखिमको क्षेत्र पहिचान कार्य शुरु गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सम्भावित जोखिम आकलन गरेपछि आपत् सामना गर्न सहज हुने भएकाले यस किसिमको कार्य शुरु गरिएको बताए । “एक्लैले विपत् टार्न सकिँदैन, अझ प्राकृतिक विपत्तिको स्वरुप पूर्वनिर्धारित हुँदैन, त्यसैले समुदायमा हामी काठमाडौँमा जनधनको क्षति पु¥याउने विपत्तिका प्रकारका बारेमा जानकारी दिन्छौँ र सामना गर्ने क्षमता बढाउँछौँ”, प्रवक्ता डङ्गोलले भने

कामपाले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर उक्त कार्यको शुरुआत गरेको हो । विपत्ति टार्न नसके पनि विपत्बाट हुनसक्ने धनजनको क्षति काम गर्न सबैभन्दा पहिले समुदायनै सबल रहनुपर्ने भएकाले कामपााले यस किसिमको कार्यको शुरुआत गरेको बताएको छ । जोखिम नक्साङ्कनमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा सबैभन्दा बढी जनधनको क्षति भएको र हुनसक्ने स्थानको पहिचान हुनेछ ।

यसरी पहिचान गरिएका स्थानमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरूलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्नेलगायतका काम हुनेछन् । यी आपत्का अवस्था थाहा पाउन यसअघिका घटना, अहिलेको अवस्था र सम्भावनालाई आधार बनाइनेछ । कामपामा हुनसक्ने विपत्को बारेमा जानकारी दिन र विपत्को सामना गर्न कामपाले ३२ वटै वडामा वडाध्यक्ष, सदस्य र स्वास्थ्य स्वयंसेविकासहितको समितिसमेत गठन गरिसकेको छ ।

उक्त समितिकै अगुवाइमा वडास्तरीय विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको अगुवाइ हुनेछ । यस किसमिको नक्साङ्कन कार्यका लागि कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा