काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक शुक्रबार आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिँउसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि छ । शोक प्रस्ताव पारित गर्नका लागि राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो १ बजे बस्दैछ ।