६ कार्तिक २०७८, शनिबार
समाचार

शनिबारबाट वर्षा र हिमपातको गतिविधि पुन: दोहोरिने अनुमान

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १३:३२


मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौं । मंगलबारदेखि सक्रिय पश्चिमी वायुको प्रभाव आज मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने अनुमान भएको छ ।शनिबार अर्को जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुन: दोहोरिने मौसमविद् अर्यालले बताए । राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा