१३ चैत्र २०७९, सोमबार
समाचार

संघीय संसद : प्रतिनिधिसभाको बैठकमा शोक प्रस्ताव पारित

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १५:५७


Federal Parliament’s current session to end today

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्ण बहादुर महराले पेश प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ ।

शोक प्रस्तावमा “मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ, भनिएको छ ।

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउसो १ बजे बोलाईएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता