११ कार्तिक २०७८, बिहीबार
समाचार

मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १६:४५


राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौं । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेको थिए ।  बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ ।

२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य थिए । युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसद्को विकास समितिको पूर्व सभापतिसमेत थिए । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्ने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा