१६ चैत्र २०७९, बिहीबार
समाज

अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन हुँदै

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १७:२७


काठमाडौं । नेपाल जैन परिषद्को स्वर्ण महोत्सवमा अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन २०७५ हुने भएको छ । नेपाल जैन परिषद्को स्वर्ण महोेत्सवको अवसरमा कृष्ण प्रणामी युवा परिषद् नेपाल समेतको सहकार्यमा हुन लागेको यस सम्मेलनको मुख्य उद्देश्य हिंसारहित समाजको निर्माण रहेको नेपाल जैन परिषद्का अध्यक्ष फलकुमारी लालमणिले जानकारी दिए ।

नेपाल तथा भारतका अहिंसा र शान्ति अभियानका संस्था सहभागी रहने यस सम्मेलन यही १८ र १९ गते दुई दिने विविध कार्यक्रमसहित हुने अध्यक्ष लालमणिले बताए । शान्त, सभ्य र समृद्ध समाज निर्माणका लागि ‘अहिंसा र शाकाहार असल जीवनको आधार’ भन्ने सन्देशसहित अहिंसा शान्ति सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा नेपाल तथा भारतका विशिष्ठ व्यक्तित्वबाट पशु अधिकार, मठमन्दिरमा हुने बली प्रथाले पार्ने धार्मिक, सामाजिक, पर्यटकीय, हिंसाको मनोवृद्धि, स्वास्थ्यजस्ता विषयमा प्रस्तुति रहनेछ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको विशेष आतिथ्यमा आयोजना हुने सम्मेलनमा राजनीतिक व्यक्तित्व, कलाकार, सामाजिक अभियान्ता, धार्मिक गुरुबाट गहनतम विचार प्रस्तुत गरिने कृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष नमराज ढकालले बताए ।

विभिन्न संस्थाको ब्यानर, प्ले कार्ड, झाँकीसहित सहभागी रहने सो शोभायात्रा डिल्लीबजार, चारखाल चोक, श्रीकृष्ण प्रणामी मन्दिरबाट बिहान ८ बजे शुरु भई पुतलीसडक, कृष्ण पाउरोटी, जैन भवन हुँदै नारायणचौर नक्सालमा विसर्जन हुनेछ । फागुण १९ गते देवघाटमा बिहान ८ बजे मन्दिर दर्शन तथा पूजाबाट अहिंसा शान्ति सम्मेलनको दोस्रो दिनको कार्यक्रम शुरु भई दिउँसो १२ बजे चितवन, नारायणगढमा विभिन्न सङ्घसंस्थाको सहभागितामा शोभायात्रा गरिने कार्यक्रम रहेको छ ।

विगत २८ वर्षदेखि नै नेपाल जैन परिषद् र श्री कृष्ण प्रणामी समाजबीच अहिंसा र शाकाहारसम्बन्धी जनसचेतना तथा विविध सामाजिक सेवाका कार्यमा सहकार्य हुँदै आएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा